Rule 22
दल त्याग गरेको जानकारी गराउनु पर्ने

(१) कुनै दलको तर्पmबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भई निर्वाचित भएको सदस्यले ऐनको दफा ३२ को उपदफा (१) बमोजिम
दल त्याग हुने कार्य गरेमा सो दलको केन्द्रीय समितिले निर्णय गरी निजले दल त्याग गरेको व्यहोराको जानकारी आयोगलाई गराउनु पर्नेछ । यसरी जानकारी गराउँदा केन्द्रीय समितिको निर्णयको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।
(२) उपनियम (२) बमोजिमको जानकारी प्राप्त गरे पछि पन्ध्र दिन भित्र आयोगले राष्ट्रियस्तरको दैनिक पत्रिकामा सोको सूचना प्रकाशन गर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूचना प्रकाशन भए पछि स्थानीय तहको त्यस्तो सदस्यको पद स्वतः रिक्त भएको मानिनेछ ।